२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको उनले बताए ।
आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे ।
उनले भने, ‘यसमा प्रमाण ल्याएर आउनुहुन्छ भने म त कठघरामा उभिन तयार छु । ‘अर्ब/खर्ब भन्द्याछन् जथाभावी । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । मेरो चुनौति हो ।’
उनले अन्य सांसदहरुलाई पनि यो स्तरको आँट राख्न शुभकामना दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4