News Summary
Generated by OK AI. Editorially reviewed.- क्विक कमर्स प्लेटफर्म माइ मार्टले विश्वकप फुटबल २०२६ को अवसरमा जेठ २८ देखि साउन ४ गतेसम्म विशेष महाछुट क्याम्पेन घोषणा गरेको छ ।
- यस योजना अन्तर्गत बेलुका ७ देखि बिहान ७ बजेसम्म सामान अर्डर गर्दा ग्राहकले १० प्रतिशतसम्मको रात्रिकालीन छुट पाउनेछन् ।
- ग्लोबल आईएमई बैंक र खल्ती वालेटमार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका लागि अतिरिक्त छुटको समेत व्यवस्था गरिएको छ ।
२८ जेठ, काठमाडौं । नेपालको क्विक कमर्स प्लेटफर्म माइ मार्टले विश्वकप फुटबल २०२६ को विशेष अवसरमा ग्राहकका लागि महाछुट क्याम्पेन घोषणा गरेको छ । यो आकर्षक योजना जेठ २८ गतेदेखि साउन ४ गतेसम्म लागु हुनेछ।
विश्वकप फुटबल प्रेमीलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यस योजना अन्तर्गत ग्राहकले माई मार्टको मोबाइल एप वा वेबसाइट मार्फत सामान खरिद गर्दा बम्पर छुट र डिजिटल भुक्तानीमा अतिरिक्त क्यासब्याक पाउने छन् ।
क्याम्पेनअन्तर्गत रात्रिकालीन महाछुट (बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म) चल्नेछ । विश्वकपका खेलहरू हेर्ने समयलाई थप रोमाञ्चक बनाउन बेलुका ७ बजेदेखि बिहान ७ बजेभित्र स्न्याक्स, कोल्ड ड्रिन्क्स, आइसक्रिम तथा दैनिक उपभोग्य सामग्री अर्डर गर्दा ग्राहकलाई १० प्रतिशतसम्म सिधै वर्ल्डकप डिस्काउन्ट उपलब्ध हुनेछ ।
त्यस्तै ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ग्राहकहरूले अतिरिक्त १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म थप छुट पाउन सक्नेछन् ।
खल्ती (डिजिटल वालेट) मार्फत डिजिटल भुक्तानी गर्ने पहिलो ५०० जना ग्राहकले अतिरिक्त ५ प्रतिशत छुट पाउने माइ मार्टले जनाएको छ ।
‘माइ मार्ट चौबिसै घण्टा, सातै दिन सञ्चालनमा रहने क्विक कमर्स प्लेटफर्म भएकाले विश्वकपका खेलहरू मध्यरात वा बिहान जुनसुकै समयमा भए पनि ग्राहकले ढुक्क भई अर्डर गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘ग्राहकले अर्डर गर्ने बित्तिकै द्रुत डेलिभरी मार्फत सामान तुरुन्तै उनीहरूको घरमा पुर्याइनेछ।’
प्रतिक्रिया 4