+
+
Shares

प्रहरी हिरासत थुनुवाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १६:०७

३० जेठ, सुर्खेत । चोरी मुद्दामा सुर्खेत प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो ।

मोबाइल चोरीको मुद्दामा जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार बक्स शुक्रबार हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि शनिवार बिहान साढे ४ बजे कर्णाली प्रादेशिक अस्पताल काला गाउँ लगिएको थियो ।  तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चोरी मुद्दामा पक्राउ परेका बक्सलाई प्रहरीले बुधवार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो । मृतकको शव परीक्षण‎का लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने प्रवक्ता बोहराले जानकारी दिए ।

पोस्टमार्टमपछि मात्रै बक्सको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?