+
+
Shares

मंगलटार प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

कपिल कोइराला कपिल कोइराला
२०८२ मंसिर २९ गते ९:५४
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका छन् । रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् ।

उनी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनी चोरी आरोपमा आइतबारदेखि हिरासतमा थिए । सोमबार बिहान ३ बजे उनी शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।

घाँटीमा ब्ल्यांकेटको घेरोको कपडाको पासो लगाएको अवस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?