+
+
Shares

शनिबार बाँडिदै ‘क्रिटिक्स अवार्ड’, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र समीक्षक समाज (फिक्सन)ले आगामी असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ संयुक्त रूपमा वितरण गर्ने भएको छ ।
  • अवार्डमा वि.सं. २०८१ र २०८२ मा प्रदर्शनमा आएका चलचित्रहरूलाई विभिन्न विधामा पुरस्कृत गरिने विज्ञप्तिमा उल्लेख छ ।
  • वि.सं. २०८१ को उत्कृष्ट निर्देशक मीनबहादुर भाम र वि.सं. २०८२ को उत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’ घोषित भएका छन् ।

काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ ।

समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएइको छ । समाजले वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका चलचित्रको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधामा उत्कृष्ट स्रष्टाको छनोट गरी नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

समाजसँग ‘क्रिटिक्स फिल्म अवार्ड’को मुख्य प्रायोजक महालक्ष्मी चक्की आटा तथा सह-प्रायोजक अन्नपूर्ण स्पाइकर (किङ्ग्स फ्रेन्चाइज टिम अफ नेपाल भलिबल लिग) र ओएसआर डिजिटल रहेका छन् । अवार्डका लागि नेपाल फिल्म क्याम्पसको पनि सहकार्य रहेको छ ।

यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ का विजेता

उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला)
उत्कृष्ट पटकथा/लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
उत्कृष्ट छायांकनः आलोक शुक्ला (आँखा)
उत्कृष्ट सम्पादनः जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
उत्कृष्ट साउण्ड डिजाइनः किशोर आचार्य (गाउँ आएको बाटो)
स्पेसल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)
स्पेसल मेन्सन (कला निर्देशन): रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)

यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’का विजेता

उत्कृष्ट फिल्मः ऊनको स्वीटर
उत्कृष्ट निर्देशकः नवीन चौहान ( ऊनको स्वीटर)
उत्कृष्ट अभिनेताः हरिवंश आचार्य (भूठान)
उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती)
उत्कृष्ट पटकथाः नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर)
उत्कृष्ट छायाङ्कनः सुशन प्रजापति (भूठान)
उत्कृष्ट सम्पादनः अञ्जय खड्का (भूठान)
उत्कृष्ट पाश्र्व संगीतः कोविद बज्र (ऊनको स्वीटर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?