+
+
Shares

३ वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दाबी

अबको ३ वर्षमा २८ अर्ब ५० करोड खर्च गरिने मन्त्री लम्सालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अबको ३ वर्षपछि नेपालका सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरे ।
  • दुर्गम क्षेत्रका सबै वडा केन्द्रमा सडकमार्ग पुर्‍याउन ९ वर्षे कार्ययोजना बनेको उनले जानकारी दिए ।
  • स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन हुने यस योजनाका लागि ३ वर्षमा २८ अर्ब ५० करोड रुपैयाँ खर्च गरिने उनले बताए ।

४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अबको तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटमा सोही अनुसार विनियोजन गरिएको बताए । अब खाल्डाखुल्डी मर्मत गर्ने काम पटके नभई नियमित तालिका अनुसार हुने भएकाले लक्ष्य अनुसार काम हुने उनको दाबी छ ।

पालिका जोड्ने सडकहरूमा पर्याप्त बजेट राखिएको उनको भनाइ छ । दुर्गम क्षेत्रका सबै वडा केन्द्रमा सडकमार्ग पुग्ने गरी कार्ययोजना बनेको भन्दै उनले यो ९ वर्षे कार्ययोजना भएको जानकारी दिए ।

३ वर्षमा ट्र्याक खोलिसक्ने र त्यसपछि ग्राभेल र पिच गर्ने गरी योजना बनाइएको उनले जानकारी दिए । यसको नाम बजेटमा नराखिएको र स्थानीय तहसँगको समन्वयमा यो योजना कार्यान्वयन गरिने उनले बताए । अबको ३ वर्षमा २८ अर्ब ५० करोड खर्च गरिने समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?