+
+
Shares

रास्वपा महाधिवेशनबारे रन्जु– रविकै नेतृत्व स्थापित हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रञ्जु न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताइन् ।
  • ‘पदाधिकारी बन्नका लागि पहिला केन्द्रिय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म सुरुमा केन्द्रीय सदस्यमै लड्छु,’ उनले भनिन् ।
  • चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको उनले उल्लेख गरिन् ।

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् ।

सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको बताइन् ।

‘महाधिवेशन कुनैपनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो । संगठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ,’ उनले भनिन् ।

महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि पदाधिकारीका लागि अघि बढ्ने बताइन् ।

‘पदाधिकारी बन्नका लागि पहिला केन्द्रिय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म सुरुमा केन्द्रीय सदस्यमै लड्छु,’ उनले भनिन् ।

पार्टीभित्रको असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न चर्चाका विषयमा टिप्पणी गर्दै उनले रास्वपाप्रतिको बढ्दो आकर्षणका कारण यस्ता छलफल हुनु स्वाभाविक भएको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?