काठमाडौ । सन् २०२० को अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनले आगामी नोभेम्बरमा नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । इन्स्टाग्रामबाट उनले यस्तो घोषणा गरेपछि प्रशंसक उत्साहित छन् ।
वास्तविक नाम दिवेश पोखरेल रहेका उनी लेख्छन्, ‘म नोभेम्बरमा नेपाल आउँदैछु । शोका लागि मिति र स्थान चाँडै घोषणा हुनेछ । बुकिङका लागि इमेल गर्नुहोला ।’
शोको नाम ‘लाइभ इन नेपाल’ दिइएको छ । २०७९ सालको साउन अन्तिममा ‘टुबोर्ग होम कमिङ अर्थर गन’ मार्फत उनले मुलकका ७ सहरमा कन्सर्ट प्रस्तुत गरेका थिए ।
अमेरिकन आइडल १८ औं सिजनको एक हिस्सा बनेपछि अर्थरको लोकप्रियता निकै बढेको छ । उनको सांगीतिक प्रस्तुतिलाई देखेर चर्चित अमेरिकी गायिका केटी परीले आर्थरलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा समेत गरेकी थिइन् ।
काठमाडौं आएको बेला अनलाइनखबरसँग कुरा गर्दै अर्थरले संसारभर छरिएका नेपालीमार्फत आफूले नेपाली संगीतलाई प्रवद्र्धन गर्न चाहेको बताएका थिए ।
प्रतिक्रिया 4