काठमाडौं । दुई दशकदेखि नाटक क्षेत्रमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म १८ मंसिरदेखि प्रदर्शनमा आउनेछ ।
निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् ।
पोस्टरमा प्रमुख कलाकार वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । यो फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र प्रन्शु चौधरीको अभिनय छ ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ ।
गीतहरूमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरले स्वर भरेका छन् । पाश्र्वध्वनि मनिष निरौलाको छ ।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै आएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा फिल्म तयार भएको उनको भनाइ छ । निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।
प्रतिक्रिया 4