+
+
Shares

संसद्‍मा आज पनि विपक्षीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ११:३३

२५ असार, काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै मुद्दामा विपक्षी तर्फका सांसदहरूले ध्यानाकार्षण गराइराखेको बताए ।

सभामुखले सबै जना विपक्षी सांसद्को कुरा सुन्दा विषयवस्तु एउटै नै रहेको भनेर सभालाई मर्यादित र समयको ख्याल गर्नको लागि विपक्षी तर्फको बेन्चको तर्फबाट एक जनाले बोलेर बैठक अगाडि बढाउने प्रस्ताव राखे ।

त्यसपछि नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिए । सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीम विाद सम्बन्धी अभिव्यक्तिमा जवाफ चाहिने बताइन् ।

संसद्मा उठेको प्रश्न संसद्कै रोष्ट्रममा उभिएर जवाफ दिइनुपर्ने बताइन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?