+
+
Shares

प्रहरी हेडक्वाटरले भन्यो- अख्तियारका प्रहरीको सरुवा नियमित प्रक्रिया हो

प्रहरी हेडक्वाटरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा नियमित प्रशासनिक काम रहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १३:३८

२५ असार, काठमाडौं । प्रहरी हेडक्वाटरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा नियमित प्रशासनिक काम रहेको बताएको छ ।

बिहीबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले यसबारे विज्ञप्ति निकाल्दै उक्त सरुवाबारे प्रष्ट्याएका हुन् । केही दिनअघि मात्रै अख्तियारको टंगालस्थित कार्यालयमा कार्यरत डीआईजीसहित १८ प्रहरीको सरुवा भएको थियो ।

प्रहरीको सरुवा भएपछि केही सञ्चार माध्यमहरुले राहदानी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको तथा केही आरोपीलाई भगाएकाले कारबाही स्वरूप १८ प्रहरीको सरुवा भएको भन्दै सामाचार प्रकाशन गरेका थिए ।

यसै सन्दर्भमा प्रहरी हेडक्वाटरले विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको हो । भ्रमपूर्ण समाचार तथा टिप्पणीहरू सार्वजनिक भएको भन्दै त्यसमा विश्वास नगर्न विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?