+
+
Shares

संसद्‍मा उठ्यो दलाइ लामाको जन्म उत्सवको विषय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १३:५८
फाइल तस्वीर

२४ असार, काठमाडौं । प्रतिनिधिसभामा दलाइ लामाको जन्म उत्सव नेपालमा मनाइएको विषय उठेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । यसलाई उनले एउटा गम्भीर खालको प्रकृतिको घटनाको संज्ञा दिएका छन् ।

‘दलाइ लामाको ९१औं जन्मउत्सव नागर्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा सम्पन्न गरियो भन्ने खालका समाचार आएका छन्,’ उनले भने, ‘त्यसमा विदेशी कूटनीतिहरूसमेत संलग्न भए भन्ने कुरा आएको छ । यसमा नेपाल सरकारको धारणा के हो ?’

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यो विषयले नेपाल र चीनको सम्बन्धको विषय के कस्तो असर गर्दछ भनेर ख्याल गर्नुपर्ने बताए ।

‘एउटा जिम्मेवार सरकारले यसबारेमा बोल्नुपर्छ कि पर्दैन ? के हामी अब एक चीन नीतिबाट बिचलित भएका हौं ?’ हमालको प्रश्न छ, ‘के हामीले असंलग्न परराष्ट्र नीतिबाट त्यसलाई डिपार्चर गर्न खोजेका हौं ? प्रश्न गम्भीर छ ।’

टिओबीसँग यो कतै जोडिएको छ कि भन्ने उनको शंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?