+
+
Shares

हचुवामा कानुन नचलाऊ : यातायात व्यवसायी महासंघ  

महासंघले गणेश नेपालीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हचुवाको भरमा कानुन नबदल्न र यातायात क्षेत्रलाई आतंकित पार्ने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।
  • महासंघले ट्राफिक जरिबाना र बीमा प्रिमियम वृद्धिको विरोध गर्दै गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र परिवारलाई क्षतिपूर्तिको माग गरेको छ ।
  • सरकारले पूर्वाधार तयार नगरी लोकप्रियताका लागि कानुन परिवर्तन गर्दा यातायात व्यवसायी र मजदुर थप आक्रान्त बनेको महासंघले उल्लेख गरेको छ ।

२६ असार, काठमाडौं । देशभरि सार्वजनिक यातायात सञ्चालन गर्ने संघ/समिति/कम्पनी/प्रालिहरूको केन्द्रीय छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हचुवामा विद्यमान कानुन नचलाउन सरकारलाई आग्रह गरेको छ ।

बिहीबार त्रिपुरेश्वरमा गणेश नेपालीले ट्राफिक कारबाही र जरिबानाका सन्दर्भमा आत्मदाह प्रयास गरेको र शुक्रबार मृत्यु भएको घटनाप्रति लक्षित गर्दै महासंघले सस्तो लोकप्रियताका लागि विद्यमान कानुन, ऐन, नियमावली परिवर्तन नगरी अत्यधिक बीमा प्रिमियम, दायित्व र जरिबाना वृद्धी गर्ने गरी सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशित सूचनाले यातायात क्षेत्र आक्रान्त बनेको उल्लेख गरेको छ ।

महासंघले करिब दुई तिहाइको सरकार सञ्चालन गरेको अवस्थामा विभिन्न क्षेत्रको परिवर्तन र सुधारका नाममा विगतदेखि कार्यान्वयनमा रहेका कानुन र व्यावहारिक पक्ष तोड्दै संघीय सरकार र स्थानीय सरकारले नयाँ कानुन बनाउने नाममा लोकप्रियताका गतिविधि गरिरहेको बताएको छ । महासंघले गणेश नेपालीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले वर्तमान सरकार र सम्बन्धित निकायलाई परिवर्तनका नाममा विद्यमान कानुन, ऐन, नियमावली संशोधन नगरी यातायात क्षेत्रमा आवश्यक पूर्वाधार तयार नगरी हचुवामा यातायात क्षेत्रमा कार्यरत यातायात व्यवसायी, यातायात मजदुर, स्वरोजगार व्यवसायी, कर्मचारीलाई आतंकित हुने गरी कुनै कार्य नगरियोस् भनी नेपाल सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

समयमै यी विषयमा ध्यान नपुर्‍याउँदा गणेश नेपालीजस्ता युवाले ज्यान गुमाउनु परेको हुँदा उनको परिवारलाई उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग महासंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?