News Summary
Generated by OK AI. Editorially reviewed.- नागार्जुन नगरपालिकाको सीताराम मावि र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
- सम्झौताअनुसार दुवै संस्थाले शैक्षिक आदान–प्रदान, अनुसन्धान र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्।
- यस सहकार्यले विद्यार्थी र शिक्षकका लागि विश्वस्तरीय सिकाइका अवसरहरू सिर्जना गर्ने बताइएको छ।
२६ असार, काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको वडा-६ का अध्यक्ष देवेन्द्रराज गिरी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा. चो युन यी, निर्देशक योङ–सुन ओह लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिनेछ।
यस सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका लागि विश्वस्तरीय सिकाइका अवसर विस्तार हुने बताइएको छ ।
सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गरिरहेको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रमबारे पनि जानकारी गराएको छ ।
प्रतिक्रिया 4