+
+
Shares

यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते २१:५५

२६ असार, काठमाडौं । यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत पठाउने भन्दै ठगी गर्ने चार कन्सल्टेन्सीका ८ जना सञ्चालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा डिल्लीबजारस्थित एडुपोर्ट प्रालि कन्सल्टेन्सीका तीन जना सञ्चालकहरू काठमाडौं गोकर्णेश्वरका रूपक कोइराला, कास्कीको पोखरा–२५ हेम्जाका राजेश भण्डारी, बराको सिमरा–७ का सन्तोष खतिवडा छन् ।

यस्तै, काठमाडौंको पुतलीसडकमा रहेको वेस्टफोर्ड एजुकेसन प्रालि कन्सल्टेन्सीका सञ्चालक चिन्टु श्रेष्ठ, बानेश्वरस्थित प्रोप एभिएसन प्रालि कन्सल्टेन्सीका सञ्चालकहरू ललितपुर–२८ पाक्साकोटका सुरेन्द्र महर्जन, सर्लाहीको लालबन्दी नवलपुर–४ का दिवस पोखरेल, सिरहाको लहान–६ का मनित आचार्य र धनकुटाको पाख्रीबासका शेखर पाण्डे पनि पक्राउ परेका छन् ।

यस्तै कालिमाटीमा रहेको एस्पायर ग्लोबल प्रालि कन्सल्टेन्सीका सञ्चालक विशाल चापागाइँलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?