२७ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् ।
काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी दिए ।
उनका अनुसार राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको प्रहरी प्रवक्ता भट्टराईले बताए ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको भट्टराईले बताए । उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको जानकारी दिए । ‘कारण खुलेको छैन’, उनले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4