+
+
Shares

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
  • शनिबार बिहान घरको भान्सामा शरीरमा आगो लगाएका राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो।
  • प्रहरीले उद्धार गरी आईसीयूमा भर्ना गरिएका राउतले किन यस्तो चरम कदम चाले भन्ने कारण अझैसम्म खुलेको छैन।

२७ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उनले आत्मदाहको प्रयासको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?