+
+
Shares

नेपाली किशोरीले बाँसुरी बजाएको भिडियोमा कमेन्ट गर्दै हालान्डले लेखे- ‘नाइस’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बाँसुरीवादक विधि क्षेत्रीले तयार पारेको ‘हालान्ड एन्थेम’ नामक बाँसुरी धुनको नर्वेली फुटबल स्टार अर्लिङ हालान्डले प्रशंसा गरेका छन्।
  • हालान्डले क्षेत्रीको इन्स्टाग्राम भिडियोमा ‘नाइस’ भन्दै टिप्पणी गरेपछि उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • हालान्डको टिप्पणीपछि क्षेत्रीको इन्स्टाग्राम फलोअर्सको संख्या बढेर ११ हजारभन्दा माथि पुगेको छ।

काठमाडौं । नेपाली बाँसुरीवादक विधि क्षेत्रीको बाँसुरीवादन सम्बन्धी इन्स्टाग्राम भिडियोलाई ‘नाइस’ भन्दै नर्वेली फुटबल स्टार अर्लिङ हालान्डले प्रशंसा गरेका छन् ।

क्षेत्रीले दुई दिनअघि इन्स्टाग्राममा हालान्डलाई समर्पित गर्दै बाँसुरी बजाएर निकालिएको आकर्षक धुन ‘हालान्ड एन्थेम’ सार्वजनिक गरेकी थिइन् । यो पोस्टमा हालान्डले ‘नाइस’ लेख्दै कमेन्ट गरेका हुन् ।

विधिको उक्त भिडियोलाई इन्स्टामा ३७ सयभन्दा धेरैपटक सेयर गरिएको छ । यो पोस्टमा हालान्डसँगै अन्य धेरैको प्रतिक्रिया प्राप्त भएको हो ।

हालान्डको कमेन्टसँगै अहिले निधिको इन्स्टाग्राम फलोअर्स संख्या उकालो लागिरहेको छ । यो समाचार लेख्दासम्म ११ हजारभन्दा धेरैले उनलाई पछ्याएका छन् ।

बाँसुरीवादनमा रुचि राख्ने विधिले इन्स्टामा बाँसुरी बजाएर निकालेका आकर्षक धुनहरूका भिडियो पोस्ट गरेकी छन् ।

रोचक के छ भने, हालान्ड आज मंगलबार २५ औं जन्मदिन मनाउँदैछन् ।

 

View this post on Instagram

 

A post shared by Vidhi Chhetri (@vidhichhetri.14)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?