+
+
Shares

साना नदीमा आकस्मिक बाढीको जोखिम

झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
  • झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडीका साना नदीमा जलसतह बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
  • बाढीविद् विनोद पराजुलीले नदी किनार र डुबान क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गर्दै भने, "निरन्तर वर्षाका कारण उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ्न सक्छ ।"

५ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

बाढीविद् विनोद पराजुलीले निरन्तर वर्षाका कारण उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?