+
+
Shares

होटलभित्र युवती मृत भेटिएको घटनामा दुई जना पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ती युवतीको हत्या गरेको आशंकाका आधारमा दुई जना पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १४:०७

५ साउन, काठमाडौं । काठमाडौंको मित्रनगरस्थित होटेल माउन्टेन एल्सिभाको कोठाभित्र युवती मृत भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ती युवतीको हत्या गरेको आशंकाका आधारमा दुई जना पक्राउ परेका हुन् ।

प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने २७ वर्षीय रमेश बुढा पक्राउ परेका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेले जुम्लाको चन्दननाथ नगरपालिका–१ घर घई हाल नेपालगञ्ज बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पनि पक्राउ गरेर पठाएको एसपी भट्टराईले जनाएका छन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

सोमबार बिहान ११ बजे काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटेल माउन्टेन एल्सिभाको चौथो तलाको कोठाभित्र एक  युवती मृत फेला गरेकी थिइन ।

उनको हत्या भएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?