News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मौलिक कथावस्तुमा आधारित रहेर ‘बम्पर चिट्ठा’ नामक नयाँ चलचित्र निर्माण हुने भएको छ ।
- यो चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण भई अमेजन प्राइम भिडियोमार्फत विश्वभर प्रदर्शन गरिनेछ ।
- निर्माता अमित अग्रहरिले यो परियोजनाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र समकालिन मनोरञ्जनको कथावस्तुमा फिल्म ‘बम्पर चिट्ठा’ निर्माण हुने भएको छ । स्याडो पिक्चर्सको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।
बिक्की महर्जनले निर्देशन गर्ने यो फिल्मको निर्मातामा अमित अग्रहरि र निशा गुइदे छन् । विश्वस्तरीय निर्माण शैलीको उद्देश्यले फिल्म बनाउन लागिएको मेकरले जनाएका छन् ।
फिल्मको औपचारिक घोषणा गर्दै निर्माताले थिम पोस्टर समेत सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ ।
प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले कथावस्तुबारे धेरै कुरा खुलाएको छैन, तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।
यो फिल्म नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमार्फत प्रदर्शन गरिनेछ । यो फिल्म २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने निर्माता अग्रहरिले बताए ।
अभिनय कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी चाँडै दिइने भएको छ । यही टिमले निर्माण गरेको फिल्म ‘आउट ल’ सेप्टेम्बरमा अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रूपमा रिलिज तयारीमा छ ।
उक्त फिल्मको ओटीटी रिलिजपछि मात्र ‘बम्पर चिठ्ठा’ निर्माण हुने उल्लेख छ । काम तीव्र गतिमा अघि बढाइने निर्माण टिमले जानकारी दिएको छ ।
प्रतिक्रिया 4