+
+
Shares

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
  • गृहमन्त्रालयले गठन गरेको उक्त समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
  • सुनसरी घटनाका विषयमा छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ ।

११ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

समितिको सदस्य सचिवको रुपमा सुनसरीका सहायक सीडीयो रहने बताइएको छ । सो समितिले यस्ता घटना दोहोरिन नदिन केके गर्ने भनेर सुझाव समेत दिनेछ ।

सुनसरी घटनाबारे आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।

छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?