News Summary
Generated by OK AI. Editorially reviewed.- आज असार शुक्ल पूर्णिमाका दिन देशभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइएको छ ।
- काठमाडौंको पशुपतिस्थित श्री नेपाल वेद विद्याश्रममा विद्यार्थीहरूले गुरुलाई सम्मान गर्दै मायाको चिनो तथा खादा अर्पण गरेका छन् ।
- परम्परागत पोसाकमा सजिएका विद्यार्थीहरूले आफ्ना शिक्षकहरूलाई शिक्षा तथा दीक्षा प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।
१३ साउन, काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले विविध कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन् ।
यसैबीच काठमाडौंको पशुपति क्षेत्रमा रहेको श्री नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
दौरासुरुवाल, कोट र ढाकाटोपीमा सजिएका विद्यार्थीहरूले विद्यालयमा अध्यापन गराउने गुरुहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै खादा लगाएर सम्मान एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया 4