News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बैठकले नौवटा विभिन्न विधेयकहरू संघीय संसद्मा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
- राहदानी, बालश्रम, खानी तथा खनिज र मानव बेचबिखन नियन्त्रणलगायतका विषयसँग सम्बन्धित विधेयकहरू संसद्मा पेश गरिने भएका छन् ।
१३ साउन, काठमाडौं । सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू–
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।
बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।
प्रतिक्रिया 4