+
+
Shares

आपसी सद्भाव र सहिष्णुता जोगाउन अधिकारकर्मीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरूले सुनसरीको कप्तानगञ्ज घटनापछि सबै समुदायलाई आपसी सद्भाव र सहिष्णुता कायम राख्न अपिल गरेका छन् ।
  • १० साउनमा प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि अधिकारकर्मीहरूले नेपाल सरकारलाई सुरक्षा र शान्ति कायम गर्न आग्रह गरेका छन् ।
  • अधिकारकर्मीहरूले नागरिकको सुरक्षा प्रत्याभूति दिने दायित्व सरकारको भएकाले शान्ति तथा मेलमिलापको वातावरण निर्माण गर्न विशेष जोड दिएका छन् ।

१३ साउन, काठमाडौं । नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरूले सबै समुदायलाई आपसी सद्भाव र सहिष्णुता जोगाउन आग्रह गरेका छन् ।

सुनसरीको देवानगञ्ज– ३, कप्तानगञ्ज घटनाको सन्दर्भमा बुधबार जारी अपिलमा भनिएको छ, ‘नेपालको अन्तरसामुदायिक सामाजिक बनोट मौलिक प्रकारको भएकाले आपसी सद्भाव र सहिष्णुतालाई जोगाइराख्न हामी सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं ।’

आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भएकाले उनिहरुलाई केन्द्रविन्दुमा राख्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने सरकारको दायित्व हो भएको उनीहरूको निश्कर्ष छ ।

कप्तानगञ्जमा १० साउनमा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको ज्यान गएको थियो । नागरिक अगुवाहरूले मुलुकमा दीर्घकालीन शान्ति, सुरक्षा, सद्भाव, सहिष्णुता र मेलमिलापको वातावरण निर्माण गर्न नेपाल सरकारसंग आग्रह गरेका छन् ।

विज्ञप्तिमा अधिकारकर्मीहरू सोम निरौला, भोला पासवान, श्यामकुमारी साह, भवगती अधिकारी, इन्दु तुलाधर, कनकमणि दीक्षित, अस्मिता सापकोटा, सुशील प्याकुरेल, भक्त विश्वकर्मा, विद्या चापागाईं लगायतले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?