१४ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समितिको बैंठक बस्दैछ ।
ललितपुरको बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी समायोजनको विषयमा छलफल हुने उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।
लोसपा र जसपा नेपाल एकता भएपछि त्यसपछिका कतिपय समायोजनको काम बाँकी रहेको छ । यादवका अनुसार यही विषयमा छलफल गर्न लागिएको हो ।
यसबाहेक आन्तरिक र समसामयिक विषयमा समेत छलफल हुनेछ ।
यी दुई दलबीचको एकतालाई निर्वाचन आयोगले ३० वैशाख २०८३ मै मान्यता दिइसकेको छ । तर पार्टी संरचनामा समायोजनका कतिपय विषय बाँकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4