+
+
Shares

उपेन्द्र महतोमाथि सीआईबीले गर्‍यो सोधपुछ

‘एनसेल र स्मार्ट टेलिकमको विषयमा केही बुझ्नु पर्ने भएकाले बोलाएका हौं,’ चतुर्वेदीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १३:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यवसायी उपेन्द्र महतोलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछका लागि कार्यालय बोलाएको छ ।
  • एनसेल र स्मार्ट टेलिकमको विषयमा बुझ्नका लागि बोलाइएको एआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।
  • स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि पुर्‍याएको विषयमा ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

१४ साउन, काठमाडौं । व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।

सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।

‘एनसेल र स्मार्ट टेलिकमको विषयमा केही बुझ्नु पर्ने भएकाले बोलाएका हौं,’ चतुर्वेदीले अनलाइनखबरसँग भने ।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्‍याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?