+
+
Shares

गण्डकी प्रदेशसभा बैठक दिउँसो बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १०:४०

१५ साउन, गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दैछ । गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने  सम्भावित कार्यसूची प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

‘प्रदेश प्रमुखबाट उक्त विधेयक फिर्ताका सम्बन्धमा पठाउनुभएको सन्देश प्रदेशसभामा प्रस्तुत हुन्छ, शून्य समयमा प्रदेशसभा सदस्यज्यूहरुले समसामयिक विषयमा धारणा राख्ने बैठकको कार्यसूची छ’, उनले भने । गत असार २५ गते प्रदेशसभाबाट पारित गाँजाखेतीसम्बन्धी विधेयक प्रदेश प्रमुख भट्टले पुनर्विचारका लागि गत शुक्रबार प्रदेशसभामा फिर्ता पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?