News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद् सचिवालयले सबै संसदीय विषयगत समितिमा बायोमेट्रिक प्रणालीमा आधारित विद्युतीय हाजिरी सुरु गरेको छ ।
- सांसदहरूको उपस्थिति पारदर्शी बनाउन र बैठकबाट बेपत्ता हुने प्रवृत्ति अन्त्य गर्ने लक्ष्यसहित यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
- सभामुख डोलप्रसाद अर्यालले ई–पार्लामेन्टको अवधारणा अन्तर्गत बसेकै ठाउँबाट मतदान गर्न सकिने व्यवस्थाका लागि पनि काम भइरहेको जानकारी दिए ।
१७ साउन, काठमाडौं । संसदीय विषयगत ससितिमा पनि विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति, संयुक्त समिति संसदीय सुनुवाइ समितिले यस्तो अभ्यास गरिरहेका छन् ।
संघीय संसद् सचिवालयका उपसचिव एवं सूचना अधिकारी साबित्रा शर्माका अनुसार सबै संसदीय विषयगत समितिमा विद्युतीय हाजिरी सुरु भएको छ ।
उनका अनुसार अहिले हस्तलिखित र विद्युतीय हाजिरी दुवै हुने गरेको छ । निश्चित समयपछाडि विद्युतीय हाजिरी मात्रै गर्ने गरी संसद् सचिवालय अगाडि बढेको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यसअगाडि देखि नै सांसदहरूको विद्युतीय हाजिरी हुने गरेको छ । यसका लागि यसअघि नै बायोमेट्रिक विवरण संकलन गरिएको थियो ।
संसद् बैठक बस्दा सांसदहरूले हस्तलिखित र विद्युतीय हाजिरी दुवै गर्ने गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभाको बैठकमा कुनै विषयमाथिको मतदान हुँदा सांसदहरूले बसेकै ठाउँबाट विद्युतीय मेसिनमार्फत मतदान गर्न सक्ने गरी काम भइराखेको बताएका छन् ।
यही साउन १३ गते सिंहदरवारस्थित सभामुखकै कार्यकक्षमा भएको भेटमा उनले ई–पार्लामेन्टको आवधारणा अन्तर्गत रहेर काम गर्दै गरेको जानकारी दिएका थिए ।
यस अन्तर्गत सांसदहरूको उपस्थिति पारदर्शी बनाउन बायोमेट्रिक प्रणालीमा आधारित विद्युतीय हाजिरी लागु गरिएको हो । यस प्रणालीमार्फत हाजिरी गरेर बैठकबाट बेपत्ता हुने प्रवृत्ति अन्त्य गर्ने लक्ष्य राखिएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4