News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
- सिरहामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ ।
- मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव र प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडबाट लाखौंको भौतिक क्षति भएको छ ।
१७ साउन, सिरहा । सुनसरी घटनाको असर मधेशका विभिन्न जिल्लामा समेत पर्यो ।
११ साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
सोही घटनालाई लिएर मधेश प्रदेशका सिरहा, धनुषा लगायतका जिल्लाहरूमा पनि प्रदर्शन सुरु भयो ।
१४ साउनमा सिरहामा भएको प्रदर्शनले उग्ररूप लियो । प्रदर्शनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भए । प्रदर्शनकारीहरू आगजनी र तोडफोडमा उत्रिए । व्यक्तिका घर, पसल तथा मलहरूमा आगजनी तथा तोडफोड भए । सुनसरीबाट सिर्जित तनावले सिरहामा एकैदिनको आगजनी र तोडफोडबाट करोडौंको क्षति हुन पुग्यो ।
१४ साउनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुन पुग्यो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर औरही गाउँपालिकाका-२ का १५ वर्षीय गणेश यादवको मृत्यु भयो । त्यसपछि प्रदर्शन थप उग्रबन्न पुग्यो । आक्रोशित प्रदर्शनकारीहरूले व्यक्तिका घर, पसल तथा मलहरूमा समेत आगजनी तथा तोडफोड गरे ।
प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडबाट के कति क्षति भए भन्नेबारे अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
सुनसरीको कप्तानगञ्जबाट बिजारोपण भएको तनावले सुनसरीका दुई र सिरहाका एक गरी तीन जना युवाहरूले ज्यान गुमाए । प्रदर्शनकारी र सुरक्षाकर्मी दुवै तर्फबाट थुप्रै जना घाइते समेत भए । आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रतिक्रिया 4