News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ ।
- नयाँ नियमावली, २०८३ कार्यान्वयनमा आएसँगै पुरानो निर्देशिका खारेज गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
- नयाँ नियमावलीमा समेटिएको २५ लाख धरौटी राख्नुपर्ने प्रावधानको शैक्षिक परामर्श व्यवसायीहरूले विरोध गरेका छन् ।
१९ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ ।
मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयनमा आएकाले निर्देशिका खारेज गरेको हो ।
नियमावली कार्यान्वयनमा द्विविधा उत्पन्न नहोस् भनेर खारेज गरिएको मन्त्रालयले जनाएको छ । हालै जारी भएको नियमावलीमा पनि सरोकारवाला भने असन्तुष्टि जनाइरहेका छन् ।
शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने लगायतका प्रावधानमा सरोकारवालाले विरोध गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4