+
+
Shares

हिन्दु र मुस्लिम समुदायका अगुवासँग गृहले गर्‍यो छलफल

अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले धार्मिक सद्भाव कायम राख्न हिन्दु र मुस्लिम समुदायका अगुवासँग सिंहदरबारमा छुट्टाछुट्टै छलफल गरेको छ।
  • गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा दुवै समुदायका समस्या पहिचान गरी समाधानको उपाय खोज्ने विषयमा कुराकानी भएको छ।
  • मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कुनै ठोस निर्णय नभए पनि आगामी दिनमा दुवै पक्षलाई सँगै राखेर पुनः बैठक बस्ने गरी छलफल टुंगिएको बताए।

१९ साउन, काठमाडौं । गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङ समेतको उपस्थितीमा पहिला हिन्दु अगुवाहरूसँग छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल भएको थियो ।

आजको छलफलमा दुवै पक्षका समस्या सुन्ने काम भएको छ । समस्याहरुको यकीन पहिचान गरेर यसको समाधानका बारेमा राज्यले गर्नुपर्ने कामहरुको समेत सूची ल्याउन भनिएको प्रवक्ता काफ्लेले बताए ।

अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न भनिएको छ ।

आजको छलफलमा कुनै निर्णय भने भएको छैन । थप समस्या पहिचान गरेर समाधान गर्ने गरी दुबै समुदायलाई सँगै राखेर पुनः बैठक बस्ने गरी आजको छलफल टुंगिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?