News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले ग्यासको सहज बजारीकरण र आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
- कृषि कार्यका लागि मलको अभाव भएको भन्दै कांग्रेसले मलको आपूर्ति व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा स्वदेशमै उत्पादन गर्ने नीति बनाउन माग गरेको छ।
- पार्टीले महङ्गी र कालोबजारी नियन्त्रण गरी जनतालाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसले ग्यासको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रे्रस केन्द्रीय कार्यसमितिको बैठकले ग्यासको सहज रुपमा ग्यास उपलब्ध नहुदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
त्यस्तै अहिले खेतीपातीको समयमा मलको अभाव देखिएकाले मलको आपूर्तिलाई व्यवस्थापन गर्न समेत माग गरेको छ ।
दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले बताए ।
त्यस्तै महङ्गी, कालोबजारी नियन्त्रण गर्न र जनतालाइ आवश्यक राहतको व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बिहान ११ बजे पुन: बस्ने र महाधिवेशन तयारी लगायतका विभिन्न एजेन्डामाथिको छलफल जारी रहने उनले बताए ।
प्रतिक्रिया 4