+
+
Shares

नेपालमा बनेको विद्युतीय मतदान उपकरणलाई विभागको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा १३ वर्षदेखि विकास भइरहेको विद्युतीय मतदान उपकरणले उद्योग विभागबाट आधिकारिक रूपमा पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।
  • आविष्कारक रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालको नाममा जारी उक्त पेटेन्टसम्बन्धी विवरण नेपाल राजपत्रमा समेत प्रकाशित भएको छ।
  • लक्ष्मण रिमालले उक्त पेटेन्ट प्राप्तिले नेपाली अनुसन्धानकर्ताहरूलाई थप ऊर्जा तथा प्रेरणा जगाएको बताउनुभयो।

२७ साउन, काठमाडौं । नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरणले उद्योग विभागबाट पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।

उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाबाट उक्त उपकरणले पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो । उक्त पेटेन्टसम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित विवरणअनुसार प्रविधि अनुसन्धानकर्ता तथा आविष्कारक रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालको नाममा उक्त पेटेन्ट जारी भएको हो ।

रिमालद्वयले विगत १३ वर्षदेखि विभिन्न चरणमा विद्युतीय मतदान प्रविधिको अनुसन्धान, डिजाइन, विकास, परीक्षण तथा प्रयोग गर्दै आएका छन् ।

प्रविधिलाई नेपालको आवश्यकता र स्थानीय परिवेशअनुकूल विकास गर्दै राष्ट्रिय पार्टी, संघ संस्था, विश्वविद्यालय, सामाजिक क्षेत्र लगायतका विभिन्न निर्वाचनमा यस प्रविधिको प्रयोग भइरहेको छ ।

उम्मेदवारको पहिचान नम्बरलाई आधार बनाएर मतदान प्रक्रियालाई विद्युतीय माध्यमबाट व्यवस्थित गर्ने प्रविधि हो । यसले मतदान प्रक्रियालाई सरल, व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाइरहेको छ ।

भोटिङ मेसिनको पेटेन्टले नेपाली आविष्कारक तथा अनुसन्धानकर्ताहरुलाई थप ऊर्जा तथा प्रेरणा जगाएको लक्ष्मण रिमालले बताए ।

यस्ता प्राविधिक उपकरण, आविष्कार तथा बौद्धिक सम्पत्तीलाई संरक्षण गर्नका लागि सरकारले औद्योगिक सम्पत्ति सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्नका लागि विधेयक समेत तयार गरी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?