News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कार्यलाई सडक डिभिजन कार्यालय काठमाडौँले तीव्रता दिएको छ ।
- सवारी चाप कम हुने रातको समय पारेर रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी सडक मर्मत भइरहेको छ ।
- कार्यालयले बुधबार तिनकुनेदेखि नयाँबानेश्वरसम्मका विभिन्न सडक खण्डमा क्षतिग्रस्त भागहरूको मर्मत कार्य सम्पन्न गरेको छ ।
२८ साउन, काठमाडौं । काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तिव्रता दिइएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो ।
कार्यालयले सवारी साधनको चाप कम हुने रातको समय पारेर यस्तो काम गर्दै आएको छ । कार्यालयका अनुसार बुधबार तिनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी तथा क्षतिग्रस्त भागहरूमा मर्मतको काम गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4