+
+
Shares

काभ्रेको तामाघाटमा स्कुटर पल्टिँदा चालकको मृत्यु, पैदलयात्री घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको पाँचखाल नगरपालिका–४ मा स्कुटर दुर्घटना हुँदा चालक ४० वर्षीय रवि सिम्खडाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर सडक डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
  • स्कुटरको ठक्करबाट घाइते भएका पाँचखाल–४ का ५५ वर्षीय साइँला दनुवारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

२९ साउन, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दोलालघाटबाट धुलिखेलतर्फ आइरहेको बागमती प्रदेश ०१–०१६ प ७३१८ नम्बरको स्कुटरले हिजो बेलुका सवा ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर सडक डिभाइडरमा ठोक्किएको थियो ।

स्कुटरको ठक्करबाट घाइते भएका पैदलयात्री काभ्रेको पाँचखाल नगरपालिका–४ बस्ने ५५ वर्षीय साइँला दनुवारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?