+
+
Shares

कांग्रेस इतर समूहको भेलामा धमाधम पेश हुँदै प्रतिवेदन

बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरणम हतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको इतर समूहले काठमाडौंको सुकेधारामा आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ।
  • बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक-सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
  • हिजोबाट शुरू भएको सो भेला भोलिसम्म सञ्चालन हुने बताइएको छ।

३० साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला हिजोबाट जारी छ ।

काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ ।

जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गर्न थालिएको छ । हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन् । अन्य प्रतिवेदनहरू पनि पेश हुने क्रममा छन् ।

बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।

त्यस्तै, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

हिजोबाट सुरु भएको कांग्रेस इतर समूहको भेला भोलिसम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?