+
+
Shares

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

रासस रासस
२०८३ साउन ३१ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री पूजा चोपडाले आज दुई हजार १०० रुपैयाँको रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ ।
  • पशुपति क्षेत्र विकास कोषका अनुसार आज अभिनेत्री चोपडासहित २३५ जना भक्तजनले विशेष पूजाका लागि रसिद काटेका छन् ।
  • साउनको अन्तिम दिन सार्वजनिक बिदा परेकाले पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौं । बलिउड अभिनेत्री पूजा चोपडाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छन् । उनले दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए ।

सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् ।

अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन् । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?