+
+
Shares

कोरम नपुगेर रोकिएको विधेयक सोमबार अघि बढाइँदै

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजे बस्ने बैठकमा गणपूरक सङ्ख्या नपुगेर साउन २६ गते रोकिएको खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि छलफल अघि बढाइँदैछ ।
  • संवैधानिक व्यवस्थाअनुसार निर्णयार्थ प्रस्ताव पेस गर्न ६९ जना सांसद उपस्थित हुनुपर्नेमा अघिल्लो बैठकमा ६१ जना मात्र उपस्थित भएकाले उक्त विधेयकमा निर्णय हुन सकेको थिएन ।
  • सोमबारको बैठकमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका र मानव बेचबिखन सम्बन्धी दुईवटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

३१ साउन, काठमाडौं । गणपूरक संख्या (कोरम) नपुगेर रोकिएको विधेयक सोमबार अघि बढाइँदैछ । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

जसको सम्भावित कार्यसूचीको पहिलो नम्बरमै सभामुखले डोल प्रसाद अर्याल (डिपी)ले ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने विषय छ ।

यो कार्यसूची गत साउन २६ गतेको बैठकमै थियो । तर सभामुखले ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका निश्कल राईले सदनमा गणपूरक सङ्ख्या नपुग भएको भनेर प्रश्न उठाएका थिए ।

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार सभामुखले गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देश गरे । ३ मिनेटको जनाउ घण्टी बजाएर उपस्थित सदस्यहरूको संख्या गणना गरियो ।

संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा गणपूरक संख्या ६९ हुनुपर्नेमा त्यसदन सभामा जम्मा ६१ जना मात्रै थिए ।त्यसपछि प्रस्तुत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय हुन सकेन ।

यसरी रोकिएको विधेयक सोमबार अगाडि बढाउने गरी कार्यसूचीको पहिलो नम्बरमै राखिएको हो । यसबाहेक सोमबार प्रतिनिधिसभामा महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्ने कार्यसूची छ ।

परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ । सोमबार नै महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?