+
+
Shares

प्रधानमन्त्रीलाई वर्षमानको सुझाव- मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्

पुनले भने, ‘सभामुखमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु । आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा नेता वर्षमान पुनले विपद्को समयमा मन्त्रीहरूले हेलिकप्टरको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्रीलाई उनीहरूलाई नियन्त्रण गर्न आग्रह गरेका छन् ।
  • उनले जाजरकोट, रोल्पा र बाग्लुङ लगायतका जिल्लामा विपद् उद्धारको काम पर्याप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • पुनले गृहमन्त्रीलाई देशभर भइरहेको विपद् र उद्धार कार्यबारे सदनमा जानकारी गराउन माग गरेका छन् ।

२ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालेन शाहलाई सुझाएका छन् ।

प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले जाजरकोट रोल्पा बाग्लुङ लगायतका जिल्लाहरूमा भएको विपद्‍मा उद्धारको काम पर्याप्त नभएको बताए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद्‍सम्बन्धी रेस्क्यू लगायतका काम हेर्नका लागि सुर्खेत केन्द्र बनाएर हेलिकप्टर लगायत अन्य साधनहरू राख्ने गरिएको उनले स्मरण गराए ।

एकातिर डिजास्टर छ र रेस्क्यू गर्नुपर्ने अर्कोतिर राहत पुर्‍याउनुपर्ने अवस्था रहेको भन्दै उनले थपे, ‘तर एकजना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ, रुघा खोकी लाग्छ अनि हेलिकप्टर पठाइन्छ । जनताको रेस्क्यूमा काम हुँदैन, पुनर्स्थापनाका लागि काम हुँदैन ।’

के भयो भन्दा घरमा आराम गर्दै रहेको भनिएको भनेर उनले थपे, ‘यस्तो गैरजिम्मेवारले राज्य चल्न सक्छ ? सभामुख महोदय मार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु । आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् ।’

विपद्‍का सम्बन्धमा भइरहेको कामबारे जानकारी गराउन उनले गृहमन्त्रीसँग अनुरोध गरे ।

‘गृहमन्त्रीज्यू आफ्नो क्षेत्रमा जाँदा मतदाताहरूले विगतका प्रतिबद्धताको जवाफ खोज्छन् । तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नु भाएको छ,’ उनले प्रश्न गरे ।

उनले विपद्‍मा देशभरि के भइराखेको छ भनेर जानकारी गराउन समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?