+
+
Shares

मानक फिल्म ‘द गड फादर’ का ९ तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सिस फोर्ड कोपोला निर्देशित \'द गड फादर\' फिल्म ट्रिलोजी हलिउडमा माफिया फिल्महरूको मानकका रूपमा स्थापित छ।

हलमा लागेको ५ दशक बितिसक्दा पनि फ्रान्सिस फोर्ड कोपोलाको ‘द गड फाडर’ माफिया फिल्महरूको हकमा हलिउडका लागि मानक रहँदै आएको छ । कर्लेओने परिवारको व्यापारमा आधारित यो फिल्मको तीन वटा भाग छन् । तर केही दर्शकहरूले पछिल्ला दुई भाग तुलनात्मक रूपमा नराम्रो भएको बताउँछन् भने कतिले तीन वटै भाग उत्कृष्ट रहेको भनेर बताउने गर्छन् ।

आज हामी यो फिल्म ट्रिलोजीका ९ तथ्यबारे चर्चा गर्ने छौं:

१. मार्लन ब्रान्डोले क्यु कार्डको प्रयोग गर्थे

मार्लन ब्रान्डोले शुटिङको समयमा आफ्ना संवादहरू क्यु कार्डबाट हेरेर बोल्दा प्राकृतिक सुनिन्छ भनेर जोड दिन्थे । उनले सन् १९६६ देखि नै क्यु कार्डको प्रयोग गर्थे । क्यामेराको फ्रेममा नदेखियोस् भन्नका लागि निर्देशकहरूले ती कार्डहरू बत्ती, झाडी र अन्य कलाकारहरूमा समेत टाँस्ने गर्थे । उनले यो फिल्ममा पनि क्यु कार्ड प्रयोग गरेका थिए ।

२. सुटिङमै संवाद लेखिएको थियो

यो फिल्ममा यस्ता धेरै डायलग छन्, जुन फ्यानहरूको मुखमुखमा झुन्डिएको छ । लिभ द गन, टेक त क्यानोली – ती मध्ये एउटा हो । क्यापो पिटर क्लेमेन्जाले बोलेको यो डायलग सुरुमा स्क्रिप्टमा थिएन । कलाकार रिचर्ड कास्टेलानोले आफैं यो डायलग सुटिङ भइरहेको समयमा बोलेका थिए । पछि यही डायलग हिट भयो ।

३. घोडाको वास्तविक टाउको

तपाईंले फिल्म हेर्नु भएको छ भने यो दृश्य तपाईंलाई यादमा आउन सक्छ । सुरुमा रिहर्सल गर्दा घोडाको नक्कली टाउको प्रयोग गरिएको थियो । तर सुटिङका क्रममा कोपोलाले वास्तविक घोडाको टाउको ल्याएका थिए ।

४. माफिया र मब शब्द फिल्ममा छैनन्

सुरुमा यो फिल्ममा यस्ता शब्दहरू राखिएका थिए । तर, केही अधिकारकर्मीहरूले विरोध गरेपछि फिल्म निर्माता टोली त्यसलाई हटाउन तयार भयो । भलै सुरुमा पनि त्यति धेरै यस खालका शब्दहरू थिएनन् । तर, विरोध पछि भने फिल्मबाट पूर्ण रुपमा यस प्रकारका शब्दहरू हटाइएका छन् ।

५. गल्तीवस खिचिएको दृश्य सबैभन्दा स्मरणीय

लुका ब्रासीको भूमिका निभाउने पूर्व व्यावसायिक रेसलर लेनि मोन्ताना मार्लन ब्रान्डोसँग अभिनय गर्न धेरै डराएका थिए । उनले गडफादरको लाइब्रेरीमा बसिरहेको दृश्यमा दिनभर सुट गर्दा पनि राम्रो टेक दिन सकेनन् । कोपोलासँग त्यो दृश्य पुनः शुट गर्ने समय थिएन । त्यसैले उनले मोन्तानाको सबैभन्दा राम्रो प्रयासलाई नै फिल्ममा राखे । जुन पछि सर्वाधिक सम्झिने दृश्य बन्यो ।

६. सोफिया कोपोला गड फादरका तीनै भागमा छिन्

फ्रान्सिस फोर्ड कोपोलाकी छोरी सोफिया तीनै भागमा देखिएकी छिन् । उनी द गड फादरमा बप्तिस्मा दृश्यमा बच्चाको रूपमा छिन् । द गड फादरपार्ट २ मा भिटो कर्लेओनेलाई एलिस आइल्याण्ड ल्याउने जहाजमा आप्रवासी बालिकाको रूपमा छिन् । र, द गड फादर ३ मा माइकल कर्लेओनेकी छोरीको रूपमा देखिएकी छिन् ।

७. ब्रान्डोले ओस्कर पुरस्कार अस्वीकार गरेका थिए

ओस्करमा सर्वोत्कृष्ट अभिनेता जिते पनि ब्रान्डोले त्यो लिन अस्विकार गरेका थिए । उनले पुरस्कार दिने ठाउँमा एउटी बालिका पठाएका थिए । हलिउडले अमेरिकी इन्डियनहरूमाथि गरेको दुर्व्यवहारका कारण ब्रान्डोले अस्कर बहिष्कार गरेका थिए । त्यससँगै ब्रान्डो सर्वोत्कृष्ट अभिनेताको अस्कर अवार्ड अस्वीकार गर्ने दोस्रो व्यक्ति बने । पहिलो व्यक्ति जोर्ज सी स्कट थिए । उनले प्याटनका लागि त्यो पुरस्कार पाएका थिए ।

 

८. डनको फरक अर्थ

द गड फादरमा रहेका पाँचै परिवारका प्रमुखहरूलाई डन (डन कर्लेओने, डन बार्जिनी, डन कुनियो) भनेर सम्बोधन गरिन्छ । यदि तपाईंले डनको अर्थ अपराधको नाइके हो भन्ने सोच्नुभएको छ भने त्यो स्वाभाविक नै हो । तर, खासमा यसको अर्थ अलि फरक छ । डन शब्द ल्याटिन शब्द डोमिनसबाट आएको हो । यसको अर्थ लामो समयदेखि प्रभु, मालिक वा घरको मूली बुझाउने सम्मानजनक उपाधि थियो ।

९. नाम चलेका कलाकार फिल्ममा थिएनन्

तत्कालीन समयका चर्चित कलाकारहरू वरेन ब्याटी, डस्टिन होफम्यान, ज्याक निकोलसन र रोबर्ट डि निरो सबैजना माइकल कर्लेओनेको भूमिका निभाउन चाहन्थे । जहाँसम्म अल पाचिनोको कुरा छ, जसले सोही भूमिकाका लागि सर्वोत्कृष्ट सहायक कलाकारको ओस्कर मनोनयन पाएका थिए, उनी भने यो भूमिका चाहँदैनथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?