News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्व सभापति शेरबहादुर देउवालाई पार्टी एकताका लागि तीन विकल्प सुझाएका छन् ।
- महरले सभापति गगन थापा वा देउवामध्ये एकले नेतृत्व गर्ने, दुवैजनाले नेतृत्व छोड्ने, वा अदालतको फैसला स्वीकार्ने सहमति गर्न प्रस्ताव गरेका छन् ।
- महरले सभापति गगनकुमार थापा र देउवाबीच भेटघाट तथा संवादको आवश्यकता औंल्याएका छन् ।
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्व सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको एकताका लागि तीन विकल्प सुनाएका छन् ।
सभापति गगन थापा र पूर्व सभापति देउवामध्ये एकले पार्टीको नेतृत्व गर्नका लागि दुई जनाले सहमति गर्न सुझाव दिएका छन् ।
महरले दोस्रो विकल्पमा दुवै जनाले पार्टी नेतृत्व छोडेर तेस्रो व्यक्तिबाट १५ औं महाधिवेशन गर्न सकिने बताएका थिए ।
तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट जुन पक्षको पक्षमा फैसला आएपनि त्यसलाई स्विकारेर पार्टी एकतामा जाने पूर्व सहमति गर्न महरले पूर्व सभापति देउवालाई सुझाव दिएका थिए ।
यसअघि सभापति थापालाई भेटेर पनि यिनै तीन विकल्पमा रहेर सहमति खोज्न सुझाव दिएको महरले जानकारी गराए ।
‘पार्टी भित्र एकताको लागि सभापति गगनकुमार थापा लगायत सबैसँग संवाद गरेको सुनाएँ,’ महरले भने, ‘सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवादको आवश्यकता पनि औंल्याएँ । उहाँले आफूले मिलाउन पहल गरिरहेको र अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो ।’
प्रतिक्रिया 4