+
+
Shares

नेपालमा ‘स्पाइडर-म्यान’ को कमाइ १६ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘स्पाइडर-म्यान ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने पाँचौ विदेशी फिल्म बनेको छ र सोमबार दिउँसोसम्म १६ करोड २ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
  • फिल्मले निकट सप्ताहन्तसम्म रणवीर कपुर स्टारर ‘एनिमल’को १६ करोड ५६ लाख रुपैयाँ ग्रस कमाइ उछिन्ने प्रक्षेपण गरिएको छ।
  • नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको १० शीर्ष सूचीमा एकमात्र हलिउड फिल्म ‘स्पाइडर-म्यान’ परेको छ।

काठमाडौं । ‘स्पाइडर-म्यान ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने पाँचौ विदेशी फिल्म बनेको छ । सोमबार दिउँसोसम्म यो फिल्मले घरेलु बक्सअफिसमा १६ करोडको आँकडा पार गरेको छ ।

फिल्मको अहिलेसम्मको कुल कमाइ १६ करोड २ लाख रुपैयाँ ग्रस कलेक्सन छ ।

यो फिल्मले निकट आगामी सप्ताहन्तसम्म रणवीर कपुर स्टाररर भारतीय फिल्म ‘एनिमल’को कुल कमाइ १६ करोड ५६ लाख रुपैयाँ ग्रसलाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

रोचक कुरा के छ भने, नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको १० शीर्ष सूचीमा एकमात्र हलिउड फिल्म ‘स्पाइडर-म्यान’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?