+
+
Shares

गोरखामा बगेको घरको परीक्षणका विज्ञ टोलीले ल्यायो माटो

विज्ञहरूले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गत साउन १८ मा बगेको घरको निरीक्षण गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गत साउन १८ मा बगेको मानसिङ गुरुङको तीन तले पक्की घरको विज्ञ टोलीले निरीक्षण गरेको छ।
  • परीक्षणका लागि माटो लिएर फर्किएको टोलीले माटोको भार क्षमता जाँच गरी एक साताभित्र रिपोर्ट आउने बताएको छ।
  • विज्ञ टोलीले बगेको घर, वरिपरिका अन्य घरमा परेको असर र अन्य क्षतिको पनि मूल्यांकन गरिरहेको छ।

९ भदौ, काठमाडौं । विज्ञहरूले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गत साउन १८ मा बगेको घरको निरीक्षण गरेका छन्।

स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर बगेको थियो। गत शनिबार गोरखा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ।

‘माटो लिएर आएका छौँ। माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुँदै छ,’ इन्जिनियरिङ एसोसियसनकोतर्फबाट खटिएका भैरव धितालले भने, ‘रिपोर्ट अबको एक साताभित्र आउँछ। त्यसपछि कारण पत्ता लाग्छ ।’

विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारेसमेत मूल्यांकन गरिरहेको छ।

वरिपरी अन्य घरमा परेको असरबारे पनि टोलीले अध्ययन गरेको छ। माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धितालले बताए।

यसको नेतृत्व स्ट्रकचरल इन्जिनियर प्रभुराम पोखरेलले गरेका थिए भने त्यसको समायोजन एसोसिएसन तर्फबाट धितालले गरेका थिए।

टिममा जियोटेक्निकल इन्जिनियर उदय न्यैपाने, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?