+
+
Shares

सुनिल पोख्रेललाई लिएर रुसी नाटककार आन्तोव चेखभको नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसी नाटककार आन्तोव चेखभको नाटक ‘द स्वान सङ’ २ असोजदेखि ८ गतेसम्म रुसी सदन कमलपोखरीमा मञ्चन हुने भएको छ।

९ भदौ, काठमाडौं । काठमाडौंमा रुसी नाटककार आन्तोव चेखभको नाटक मञ्चन हुनेभएको छ । द बोल्शोई इन्टरनेशनल थिएटर फेस्टिभलको सन्दर्भ पारेर चेखभको नाटक ‘द स्वान सङ’ मञ्चन हुने भएको हो ।

शैली थिएटर र रुचि सदनको सहकार्यमा यो नाटक २ असोजदेखि ८ गतेसम्म रुसी सदन कमलपोखरीमा मञ्चन हुने भएको हो । नेपालीमा यस नाटकको नाम अन्तिम गीत राखिएको छ । नाटकको निर्देशन शैली थिएटरमा अध्यक्ष नवराज बुढाथोकीले गर्ने छन् । उनका अनुसार यस नाटकमा नेपालीकरण गरेर मञ्चन हुनेछ ।

नाटकमा प्रमुख भूमिकामा वरिष्ठ रंङ्गकर्मी सुनिल पोख्रेल र अर्का रंङ्गकर्मी सुबु गुरुङको अभिनय रहने छ । नाटककले एक रात थिएटरमा प्रदर्शन सकिएपछि एक्लै रहन गएका ६८ वर्षीय कमेडियनको मोनोलग देखाउँछ ।

जसमा उसले आफ्नो लामो अभिनय जीवनबारे धेरै कुरा खोतल्छन् । यसरी यो नाटककले एउटा कलाकारको प्रतिबिम्ब, एक्लोपन र बुढ्यौली देखाउने छ ।

यसका साथै सो अवसरमा उनकै निर्देशनमा रहेको महेश पौड्यालको नाटक भावमल्ली पनि मञ्चन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?