+
+
Shares

१३ औँ कृति अवार्डको घोषणा, २४ वटा नयाँ विधा थपियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विज्ञापन संघ नेपालले रेडबुलसहित आगामी महिना ‘कृति अवार्ड २०८३’ आयोजना गर्ने आधिकारिक घोषणा गरेको छ।
  • यसपटक ३१ विधामा ५५ अवार्डका लागि प्रतिस्पर्धा हुने र डिजिटल, इभेन्टस् तथा इन्टेग्रेटेड गरी २४ नयाँ विधा थपिएको छ।
  • पारदर्शी मूल्यांकनका लागि प्रा. डा. विजय के.सी.को अध्यक्षतामा जुरी गठन गरिएको छ, र मनोनयन दर्ता खुला भएको छ।

१० भदौ, काठमाडौं । नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ ।

नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो । नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिङ एसोसिएसन, एकोर्याब र ब्रोडकास्टर्स फोरम पनि सहआयोजकका रुपमा छन् ।

कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको बिज्ञापन बोर्डले इन्डोर्समेन्ट सहित सम्बन्धन प्रदान गरेका छन् ।

कृति अवार्डले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्दै आएको छ । १३ औँ संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएको छ ।

यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । यस वर्ष डिजिटल, इभेन्टस् र इन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्र सहित २४ वटा नयाँ विधा समावेश गरिएको छ ।

पारदर्शी मूल्यांकन लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन शंकायका डिन प्रा. डा. विजय के.सी.को अध्यक्षतामा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केटिङ विज्ञ रबिन्द्रमान श्रेष्ठसहित क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको छ, जसले विषयगत मुल्यांकनकर्ताहरुको मनोनयन गरी विजेताहरूको चयन गर्नेछ ।

विज्ञापन संघ नेपाल (आन)का अनुसार यस वर्ष मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ । इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डले २०८० वैशाख १ गते देखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन् ।

कृति अवार्ड आयोजनाको बारेमा घोषणा गर्दै आनका अध्यक्ष सुदिप थापाले यस पटक धेरै विधालाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?