+
+
Shares

रसुवा बाढीपछि सप्तरीका तीन दाजुभाइ सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि सप्तरी बोदेबरसाइन नगरपालिका–८ काचनटोलका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ भदौ १० गते १९:०२

१० भदौ, सप्तरी  । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि सप्तरी बोदेबरसाइन नगरपालिका–८ काचनटोलका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् ।

बाढीपछि ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादवसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ ।

सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत थिए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत रहेको परिवारको भनाइ छ ।

उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन ।

अहिले आफ्ना छोराहरूको अवस्था अज्ञात रहेकाले तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन लालबहादुरले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएपछि उनीहरूका परिवार तथा काचनटोलवासी चिन्तित बनेका छन् ।

भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको छ । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बस्तीहरू बगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?