+
+
Shares

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
  • सम्पर्कविहीन हुनेमा बर्दिबास, गौशाला, पिपरा, औरही, जलेश्वर र लोहरपट्टीका बासिन्दा रहेका छन् ।
  • स्थानीय प्रशासनका अनुसार उनीहरूमध्ये केही रसुवामा कार्यरत थिए भने केही घुम्न तथा अन्य कामका सिलसिलामा त्यहाँ पुगेका थिए ।

११ भदौ, महोत्तरी । रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका छन् । बुधबार आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत तथा भ्रमणमा रहेका जिल्लाका ११ जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सम्पर्कविहीन हुनेमा बर्दिबास नगरपालिका–३ का इन्जिनियर सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, गौशाला नगरपालिका–१ का विजय थापा मगर, पिपरा गाउँपालिका–३ का इन्जिनियर विकास यादव, औरही नगरपालिका–३ का सचिन कुमार यादव, जलेश्वर नगरपालिका–१० का सुशील लाल दास, जलेश्वर–९ का राकेश कुमार यादव, लोहरपट्टी नगरपालिका–७ का युवराज पाण्डे तथा गौशाला नगरपालिका–८ का शीतल लुङ्गेली, उनकी श्रीमती सरीता लुङगेली र छोरा साइमन लुङगेली रहेका छन् ।

स्थानीय प्रशासनका अनुसार उनीहरूमध्ये केही रसुवामा कार्यरत थिए भने केही घुम्न तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका थिए।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या 359 पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?