+
+
Shares

बाढी प्रभावितलाई गोल्याण ग्रुपको सहयोग, ६८ परिवारसहित दैनिक ४ सयलाई भोजन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्याण ग्रुपले भोटेकोसीलगायत नदी बेसिनको बाढीबाट प्रभावितका लागि नुवाकोटको विदुर नगरपालिका–३ स्थित होल्डिङ सेन्टरमा भोजन व्यवस्था गरिरहेको छ।
  • भदौ ११ देखि सञ्चालन भएको कार्यक्रममा ६८ परिवारसहित करिब ४ सय जनालाई दैनिक तीनपटक खाना र खाजा उपलब्ध गराइएको छ।
  • ग्रुपले सामान्य स्वास्थ्य सेवा र बाल मनोपरामर्श सेवा पनि दिइरहेको छ भने रिलायन्स स्पिनिङ मिल्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ दिने निर्णय गरेको छ।

१६ भदौ, काठमाडौं । गोल्याण ग्रुपले भोटेकोसीलगायत नदी बेसिनमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

ग्रुपले नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका देवीघाट क्षेत्रका बाढी प्रभावितलाई भोजनको व्यवस्था गरिरहेको छ ।

भदौ ११ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा होल्डिङ सेन्टरमा रहेका ६८ परिवारका सदस्यसहित आसपासका करिब ४ सय जनालाई दैनिक तीनपटक खाना तथा खाजा उपलब्ध गराइएको ग्रुपले जनाएको छ ।

भोजन व्यवस्थापनसँगै प्रभावितका लागि सामान्य स्वास्थ्य सेवा तथा बाल मनोपरामर्श सेवा पनि प्रदान भइरहेको छ । उक्त कार्यका लागि गोल्याण फाउन्डेसनमार्फत ३० जना स्वयंसेवक तथा कर्मचारी परिचालन गरिएको छ ।

यसैबीच, गोल्याण ग्रुपको अभिन्न अंग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

ग्रुपले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?