News Summary
Generated by OK AI. Editorially reviewed.- हार्दिक फिटनेस २९औँ वार्षिकोत्सवअन्तर्गत पुल्चोकमा भएको खुला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्स दुवैमा उपाधि जिते ।
- पुरुष एकल फाइनलमा सुवर्णले प्रनव खनाललाई ११–४, ११–१ ले हराए भने डबल्समा सुवर्ण र समीर पोखरेलको जोडीले उपाधि जित्यो ।
- प्रतियोगितामा पुरुष एकलमा ३६ खेलाडी र डबल्समा ४६ टोली सहभागी भएका थिए, र शीर्ष तीनलाई नगद पुरस्कार तथा सदस्यता प्रदान गरियो ।
१६ भदौ, काठमाडौं । हार्दिक फिटनेस २९ औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन बनेका छन् ।
पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रनव खनाललाई सजिलै ११–४, ११–१ ले हराए । यसैगरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ ले हराएर उपाधि जित्यो ।
पुरुष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई ११–३, ५–११ र ११–८ ले हराएर तेस्रो स्थान हासिल गरे । यसैगरी पुरुष डबल्सअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा कृष्ण अग्रवाल र मनोज कुमारको जोडीले रोहित चाम्लिङ र बेदकुमार तामाङको जोडीलाई १०–१२, ११–७, ११–७ ले हरायो ।
प्रत्येक इभेन्टको शीर्ष तीन स्थानमा रहने खेलाडीले जनही ३० हजार, १५ हजार र पाँच हजार रुपैयाँ प्राप्त गरे । यसैगरी सबै विजेतालाई गिफ्ट ह्याम्परसहित हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरियो ।
नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4